रौतहटबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ

अशोक यादव
२०८१ अशोज २७ | मध्यान्ह ०९:०६ बजे

रौतहट । रौतहटमा पेस्तोल र गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
देवाही गोनाही नगरपालिका-६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, गोली ४ राउण्ड, म्यागजिन १ थान र सर्ट गनको गोली २ राउण्डसहित सोही ठाउँ बस्ने ५६ वर्षीय भोला राय यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।























