देश

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

नवलपुर टुडे
२०८१ अशोज २६ | मध्यान्ह ०१:०६ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गरे ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन्। 

ram chandra poudel tika (2)

सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

ram chandra poudel tika (7)

विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३:३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३:३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ । 

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३: ३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् । साथै, सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका  अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ । 

यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने कार्यक्रम छ ।

ram chandra poudel tika (6)ram chandra poudel tika (4)ram chandra poudel tika (3)

कमेन्टहरु