दुर्घटना

बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना १५ जना घाइते

नवलपुर टुडे
२०८१ अशोज २३ | मध्यान्ह ०६:०६ बजे

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएकाहरु मध्ये बाग्लुङको बरेङडाडा ३ का ४० वर्षका खडक बहादुर क्षेत्रीको अवस्था गम्भीर रहेको सुनारले बताए ।

दुर्घटनामा घाइतेहरुलाई थप उपचारका लागि पल्पा ल्याइएको छ । गुडी रहेको जिप एक्कासी अनियन्त्रीत भइ सडकबाट केही मिटर तल खसेको यात्रुहरुले बताएका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।  

बिहान बुटवलबाट छुटेको जिप दिउँसो करिब साढे २ बजेतिर दुर्घटनामा परेको हो ।  

कमेन्टहरु