पाल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ डुम्रेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मोटरसाइकल पछाडि बसेका पाल्पाको रामपुर नगरपालिका–१ हाँगेपीपल निवासी २२ वर्षीय नारायण उचई ठकुरीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनको उपचारका क्रममा भैरहवा मेडिकल कलेज रुपन्देहीमा उनको मृत्यु भएको हो ।
सिद्धार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकल चालक रामपुर नगरपालिका–१ का १८ वर्षीय प्रविन उचाई घाइते भएका छन् । मोटरसाइकल लु २ ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए ।
प्रविनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























