घटना

पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै

नवलपुर टुडे
२०८१ अशोज २२ | बिहान ०९:०६ बजे

काठमाडौं । सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको छ । हिजो (सोमबार) राति सवा ९ बजेतिर उनलाई जोरपाटीमा आफ्नै घर नजिक रड प्रहार गरिएको हो ।

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ । गौतमका अनुसार आक्रमणकारी एक जना मात्र थिए र उनले चिनेनन् । रड प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको छ । बचाउने प्रयासमा उनको हातमा पनि चोट लागेको छ ।

उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पुर्‍याइएका थिए । जहाँ आकस्मिक कक्षमा टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । टाउकाको नशामा रगत जमेकाले थप उपचारका लागि अहिले गौतमलाई आइसियुमा राखिएको छ । घटनाबारे प्रहरीको अनुसन्धान जारी छ । गौतम पछिल्लो समय बाढी पहिरोबाट पीडित भएका व्यक्तिको राहतमा वितरणमा सक्रिय थिए ।

कमेन्टहरु