अर्थ, मधेश प्रदेश, मुख्य समाचार, राजनीति
फेटा गाउपालिकाका मेयर र उपमेयर बिच बिवाद

बारा, २२ असोज / बाराको एक मात्र पालिका जहा बिकास भन्दापनि प्रचार प्रसारमा बढी केन्द्रित रहने मेयर रुस्तम अंसारी र उपमेयर निलम साह बिच बिवाद उत्पन्न भएको समाचार प्राप्त हुन आएको छ । प्राप्त समाचार अनुसार सोमवार अपरान्ह मेयर र उपमेयर बिच इनभर्टरको बिषयलाई लिएर बिवाद उत्पन्न भएको हो ।
फेटा गाउपालिकाको उपमेयर निलम साहले आफ्नो कोठामा इनभर्टर नलगाएको कारण लाइन कटिने समयमा बस्नै गारो हुने भएकोले सो बिषयमा मेयर अंसारी समक्ष कुरा पस्किन जादा मेयर रुस्तम अंसारीले एक्कासी आवेशमा आउदै पालिका भित्र तपाइको लागि कुनै ठाउ नरहेको बताउदै अपशब्द समेत प्रयोग भएको प्रत्यक्षदर्शीले बताएका छन । प्रत्यक्षदर्शीका अनुसार इन्भर्टरको बिषयलाई लिएर उत्पन्न भएको बिवाद उग्र रुपमा समेत परिणत हुन पुगेको थियो ।
फेटा गाउपालिकाको मेयर रुस्तम अंसारी र उपमेयर निलम साह बिच भएको बिवादको क्रममा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह तथा प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद गुप्ताको समेत सहभागिता रहेको श्रोतले दावी गरेको छ । श्रोतका अनुसार बिवादको क्रममा फेटा गाउपालिकाका मेयर अंसारीले हैकम्वादी तरिकाले पालिका चलाउन खोजेको, पालिकाको रकम दुरुपयोग भएको, सवारी साधन दुरुपयोग भएको बारे पोल खुलेको श्रोतले दावी गरे ।
यता फेटा गाउपालिकाका उपमेयर निलम साहले निर्वाचित भए दिनदेखि नै मेयर रुस्तम अंसारी आफु संग बिभेद गर्दै, हैकम्वादी तरिकाले पालिका चलाउदै आएको आरोप लगाइन । इनभर्टरको बिषयलाई लिएर बिवाद उत्पन्न भएको स्विकार्दै, जिल्ला प्रशासन कार्यालय बारामा उजुरी समेत गरिने बताइन । आफु मेयरबाटै असुरक्षित महसुस भएको कारण मंगलवार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउने बताइन ।


















