समाचार, समाज

पर्सामा रौनियार युवा समाजको भेला सम्पन

रंजित चौरसिया
२०८१ अशोज २१ | मध्यान्ह ०७:०६ बजे

वीरगंज २१ असाेज। पर्सा जिल्लाको रौनियार युवाहरुको एक भेलाले रौनियार युवा समाज सर्व सहमतिले गठन भएको छ ।

वीरगन्जको होटल गेटवेमा आयोजित एक कार्यक्रममा रौनियार समाजका अगुवा तथा युवाहरुको एक भेलाले धीरेन्द्र रौनियारको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति सर्व सहमतिले चयन गरेको छ ।

रौनियार समाजका अगुवा तथा वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको बिषेश उपस्थितिमा मनोज रौनियार, शंकर रौनियार, राजन रौनियार, बन्सिधर रौनियार, रबिन्द्र रौनियार , किशोर रौनियार,सरोज रौनियार,बिकाश रौनियार र सुनिल रौनियार लगायतको उपस्थितिमा पर्सा जिल्ला तदर्थ समिति गठन गरीएको छ ।

नव गठित समितिको अध्यक्षमा धीरेन्द्र रौनियार , उपाध्यक्षमा बिकास रौनियार, सचिवमा पिन्टु रौनियार, कोषाध्यक्षमा राम रौनियार सदस्यहरुमा बिजय रौनियार, बिनोद रौनियार, प्रकाश रौनियार, बिजय रौनियार र मनोज कुमार रौनियार लगायत लाई सर्व सहमतिले चयन गरीएको छ ।

कमेन्टहरु