मधेश प्रदेश, समाचार

हिन्दु परिषद नेपालद्वारा गहवामाईमा प्रसाद वितरण

रंजित चौरसिया
२०८१ अशोज २० | मध्यान्ह ११:०६ बजे

वीरगंज २१ असोज। हिन्दू धर्मावलम्बीहरुको महान चाँड विजया दशमीको पावन अवसरमा हिन्दू परिषद् नेपालले प्रसाद वितरण गरेको छ ।

वीरगंज माईस्थान स्थित गहवामाई मन्दिरको दक्षिणपट्टी शिविर राखेर विजया दशमीको घटस्थापनाकै दिन देखि प्रसाद वितरण गरिरहेको छ । दशैं सुरु भए देखि नै गहवामाई मान्दिरमा श्रद्धालु एवं भक्तजनहरुको भिड बढदै गएको छ । परिषद्ले हरेक दिन साँझ ६ः३० देखि (खिर) प्रसाद वितरण गर्दै आएको परिषद्का केन्द्रीय सदस्य सचितानन्द दुबेले बताए ।

प्रसाद वितरण कार्यमा परिषद्का केन्द्रिय अध्यक्ष संजय सर्राफ, वरिष्ठ उपाध्यक्ष लालबाबु प्रसाद कुर्मी, कोषाध्यक्ष वंदना शर्मा,सचिव अमोद कुमार केवट लगायतकाले सहयोग गर्दै आएको परिषद्का दुबेले बताए ।

कमेन्टहरु