कपिलवस्तुमा जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ को सेमिफाईनल र फाईनल खेल बर्षादका कारण रोकियो


कपिलवस्तु । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुको आयोजनामा यहि असोज १८ गतेबाट सुरु भएको जिल्ला स्तरिय अन्तरपालिका ‘नकाउट क्रिकेट प्रतियोगिता’ मा पहिलो चरणका खेल सकिएका छन् ।
कपिलवस्तुका १० वटै पालिकाका टिम उपस्थिती रहेको प्रतियोगितामा पहिलो चरणका खेल सकिएसंगै अब सेमि फाईनल र फाईनल खेल बाँकी रहेका छन् । यो संगै बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेका छन् ।
जसअन्तर्गत बाणगंगा र कपिलवस्तु बिच खेल हुने छ भने यशोधरा र विजयनगर बिच सेमिफाईनल प्रतिस्पर्धा हुने छ भने यी २ वटा खेलमा जित हाँसिल गर्ने २ टोलि फाईनलमा प्रवेश गर्ने छन् ।
मौसममा सुधार आएसंगै खेलाडीहरुको समहमतिमा अबका खेल संचालन गरिने आयोजक नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुका अध्यक्ष कमल क्षेत्रीले बताए ।
यसअघि सेमिफाईनल र फाईनल खेल आज संचालन गर्ने योजना रहेको थियो गएरातिको बर्षाका कारण रद्ध गरिएको हो ।























