पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
पर्यटन मन्त्री पाण्डेले बडिमालिका भ्रमणमा गएका ज्ञवालीलाई दिए धन्यवाद


धनगढी, असोज २०। पूर्व पर्यटनमन्त्री नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गृह जिल्ला बाजुरा स्थित प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको भ्रमण गर्नुभएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले धन्यवाद दिएका छन। मेरो गृह जिल्ला बाजुरस्थित प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बढीमालिकाको भ्रमण गरी फेसबुकमा तस्बिरहरु राख्नु भएको देख्दा निकै खुशी लागेको मन्त्री पाण्डेले बताए।
बढिमालिका जस्तै देशका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण तथा त्यहाँको अलौकीक दृष्यहरुलाई सामाजिक सञ्जालमा राख्दा सोही क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने भएको छ। साथै अरुलाई पनि भ्रमणका लागि उत्प्रेरित गर्छ। बाजुरा जिल्ला भ्रमण गर्नुभएकोमा बाजुराबासीका तर्फबाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई धन्यवाद दिएका छन।
उहाँले भन्नुभयो “आहा एकान्त, शान्त र प्रसिद्ध आध्यात्मिक शिखर बडिमालिका, फेँदीमा अक्षत र अप्रतिम त्रिवेणी पाटन भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो पर्यटकीय गन्तव्य पूर्व पर्यटनमन्त्री नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।”























