धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
कोल्टी दशै मेलामा देउडा तथा सांस्कृतिक कार्यक्रम भव्यरुपमा मनाईने


धनगढी, असोज २०। बाजुरा जिल्ला उत्तरी भेगमा रहेकोे बुढिनन्दा नगरपालिका २ कोल्टीमा दशै मेला देउडा खेल संगै सांस्कृतिक कार्यक्रम गरि भव्यरुपमा मनाईने भएको छ। बुढिनन्दा नगरपालिकाको कोल्टीमा विजया दशमीको सुखद उपलक्ष्यमा हरेक वर्ष मनाईदै आएको छ। कोल्टी दशै मेलालाई यस वर्ष पनि देउडा खेल संगै अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरि सभ्य भव्यरुपमा मनाईने हुँदा उक्त अवसरमा देउडा खेलप्रेमी तथा देउडा खेलाडी महानुभाव सगै सम्पुर्ण आमावुव दाजुभाई तथा दिदि बहिनीलाई उपस्थीतिका निमन्त्रणा गरेको दशैं मेला व्यवस्थापन मुल समारोह समिति कोल्टीले जनाएको छ।
कोल्टी दशै मेलामा उपस्थीत सम्पुर्ण आगन्तुक पाउनालाई हार्दिक स्वागत गरेको छ। चर्चित देउडा खेलाडीहरु महिला देउडा खेलाडी, नम्रता जोशी, पुरुष देउडा खेलाडी, धनबहादुर रोकाया, अक कार्की, वडल बहाद शाही, नैन बहादुर शाही, रणबहादर अधिकारी, कपुर गिरी लगायत स्थानीय देउडा खेलाडीहरुको प्रस्तुत रहने भएको छ। देउडा खेलाडीको नाम दर्ता गर्ने असोज २४ गते विहान १० बजे भित्र गरिसक्नुपर्ने छ। सांस्कृतिक कार्यक्रम २४ गतेको बेलुका ७ बजे देखि राति ११ बजे सम्म गरिने छ।
असोज २५ गते विहान ११ वजे देखि १२ बजे सम्म अतिथि सत्कार १२ वजे देखि १ बजेसम्म हुड्के र ढोले नाच प्रदर्शन हुनेछ। असोज २५ गते दिउसो २ बजे देखि ३ बजे सम्म रागा जुधाई संगै देउडा खेल असोज २४ गते विहान ११ बजे देखि २६ गते विहान १० बजेसम्म देउडा खेल गरिने कार्यक्रम रहने भएको छ। मेला अवधिभर मंदिरा विक्रि वितरण तथा सेवन निषेधित गरिएको हुँदा कोही कसैले मदिरा बिक्री वितरण गरेको पाईएमा ५ हजार जरीवाना संगै कानुनी कारवाही गरिने र सेवन गर्ने स्थानीयलाई ५ हजार बाहिरकालाई २ हजार ५ सय जरीवाना संगै कानुनी कारवाहि गरिने दशैं मेला व्यवस्थापन मुल समारोह समिति कोल्टी संयोजक नन्दराज गिरीले बताएका छन।























