मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

बाजुरेली सेवा समाज द्वारा विजय दशमी शुभकामना आदानप्रदान कार्यक्रम

उमेश रोकाया
२०८१ अशोज १९ | मध्यान्ह ०२:०६ बजे

धनगढी, असोज १९। बाजुरेली सेवा समाज धनगढी द्वारा दशै, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ। कार्यक्रम उद्घाटन ब्यानर पढेर पुर्व सुदुरपश्चिम् प्रदेश प्रमुख देवराज जोशीले गर्नुभएको छ। बाजुरा जिल्ला भित्रका मान्छेहरू कैलाली जिल्लामा विभिन्न पेशा तथा भित्र अस्थायी अथवा स्थायी रूपमा बसोबास गर्दै आइरहेको उद्योग धन्दा, व्यवसाय, रोजगारी, पढाई सिलसिला बस्दै आउनु भएको बाजुरेली समाज एक औपचारिक कार्यक्रम गरेर आउदै गरेको २०८१ को विजय दशमी तथा शुभ दिपावली छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन। बाजुरेली कैलाली जिल्ला स्थिति रहेका बाजुरेली समाज सेवाको आयोजनामा एक आपसमा दशैको शुभकामना आदानप्रदान गरेर खुशीका साथ मनाएको बाजुरेली सेवा समाज धनगढी सचिव भरत के.सी.ले बताएका छन।IMG 20241005 091249 375 1 scaled

विगतमा बाजुरेली समाज सेवा एक बन्द कोठामा बसेर भेटघाट गर्ने गरेका थियौं। केही वर्ष अगाडी हेर्ने हो भने अहिले बाजुरेली समाज खुला हलमा भरीभराउ मंचमा गर्दा थप आशा पलाएको छ। अझ यस बाजुरेली सेवा समाज धनगढी कैलालीलाई मजबुत बनाउन सबैको जिम्मेवारी उत्तिकै रहेकोे छ। अबका दिनमा बाजुरेली सेवा समाज कुनै पनि कार्यक्रम गर्दा अथवा बैठक बस्दा भवन समस्या रहेकोे छ। यसलाई तत्काल सुदुरपश्चिम प्रदेश सरकारबाट केही यसको पहल होस। बाकी कागजी कुरा के गर्नुपर्ने हो त्यो सम्बन्धि काम गर्ने हामी तयार भएको छौ। आउँदा दिनमा कार्यक्रम गर्दा आफ्नै भवनमा गर्न पाउ भन्ने अपेक्षा समेत राखेको बाजुरेली सेवा समाज धनगढी कैलालीले जनाएको छ।

पुर्व मन्त्रि तथा प्रदेश समा सदस्य सन्तोषी शर्मा थापाले कार्यक्रममा सम्बोधन गर्दै सरकार गठबन्धन गर्नुभन्दा अगाडि गरेका सम्झौताको ठिक उल्टो हुँदा काम गर्न नसकिएको हो। हामीले बाजुरा विभिन्न ठाउँ मान्छेलाई समस्यालाई मध्यनजर गरेर काम गर्दै आइरहेको छौँ। अहिलेसम्म हामीले बाजुरेली सेवा समाजलाई केही गर्न नसकेको अवस्था रहेकोे छ। आफ्नो व्यक्तिगत तरिकाले बाजुरेली समाजलाई सामुहिक रूपमा १ लाख १५ हजार पाँच सय पन्ध्र रुपैयाँ सहयोग गर्ने बाँचा राखेका छन। सम्पुर्ण बाजुरेली बासीलाई बिजय दशमी तथा शुभदिपावली छठ पर्वको शुभकामना समेत व्यक्त गरेका छन।

बाजुरेली धनगढी विभिन्न पेश क्षेत्रमा कामकाज गर्दै आइरहेका बासीलाई आउदै गरेको बिजय दशमी तथा शुभ दिवालीको अवसरमा सम्पुर्णलाई पुर्व सुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले शुभकामना व्यक्त गरेका छन। विशेषगरी दशै पर्वमा खानपिन ध्यान दिनुपर्नेमा जोड बढी दिएका छन। आफू प्रदेश प्रमुख हुँदा बाजुरेली सेवा समाजलाई केही गर्न नसकेकोले स्वीकार गरेका छन। आगामी दिनमा आफुले गर्ने सक्ने सहयोगमा लागिपर्ने पुर्व प्रदेश प्रमुख जोशीले बताए। विभिन्न समस्यालाई समाधान गर्दै बाजुरेली समाज अहिले यहाँ सम्म पुग्न सफल भएका छौ। अब बाजुरेली सेवा समाज धनगढी बस्दै आइरहेका बाजुरेली बासीका हरेक क्षेत्रमा समस्या समाधान गरेका छौ। अझै लागिपर्ने बताए। विशेषगरी कार्यक्रम सजिलोसँग स्वीकार गरेर आउने सबैलाई धन्यवाद दिदै आउदै गरेको बिजय दशमी तथा छठ पर्वको शुभकामना दिएका छन। बाजुरेली सेवा समाज धनगढीले पत्रकार गगन अयडी, डा. विश्नु बहादुर बुढा, चक्र बहादुर शाह, जगत शाही, जित जंङ शाही र सृजना शाही सिंह पुर्व सुदुरपश्चिम् प्रदेश प्रमुख देवराज जोशी द्वारा समानपत्र सहित दोसल्ला उडाएर सम्मानित गरेका छन।

कार्यक्रममा बाजुरेली सेवा समाज धनगढी अध्यक्ष बजिर सिंह धामी अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको हो। प्रमुख अतिथि पुर्व सुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशी बिशिस्ट अतिथिमा पुर्व मन्त्रि तथा प्रदेश समा सदस्य सन्तोषी शर्मा थापा, सुदुरपश्चिम प्रदेश माननीय पदम शाही, बाजुरा जिल्ला बुढिगगा नगरपालिका पुर्व मेयर दिपक शाह लगायत धनगढी स्थिति रहेका बाजुरेलीको बाक्लो उपस्थितिमा दशै, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको हो। कार्यक्रम समापन बाजुरेली सेवा समाज धनगढी अध्यक्ष बजिर सिंह धामीले गर्नुभएको छ। सोही कार्यक्रम सञ्चालन बाजुरेली समाज सचिव भरत के.सी.ले गर्नुभएको बाजुरेली सेवा समाज धनगढी अध्यक्ष बजिर सिंह धामीले बताएका छन।IMG 20241005 092942 436 1 scaled

कमेन्टहरु