भ्रष्टाचार, मुख्य समाचार, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश

घुस माग्ने मालपोत कार्यालय बैतडीका हाकिम विभागमा तानिए, स्पष्टीकरण माग 

प्रशान्त बोहरा
२०८१ अशोज १९ | मध्यान्ह १२:०६ बजे

बैतडी, असोज १९ ।  कार्यालयमै घुस मागेको भिडियो सार्वजनिक भएपछि मालपोत कार्यालय बैतडीका प्रमुख अशोक सार्कीको सरुवा गर्दै विभागमा तानिएका छन् । स्पष्टीकरणको माग गर्दै उनलाई भूमी व्यवस्थापन तथा अभिलेख विभागमा तानिएका छन् ।  कार्यालयमा सेवाग्राहीबाट घुस मागेको बिषयमा विभागले २४ घण्टाभित्र उपस्थित भइ स्पष्टीकरण दिनुपर्ने पत्र पठाएपछि सार्की शुक्रबार दिउँसो नै बैतडीबाट काठमाण्डौं गएका छन् । 

घुस मागेको बिषयमा कार्यालय प्रमुख सार्कीसंग शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले सोधपुछ गरेका थिए । पछि विभागको पत्र आएपछि उनी जिल्ला छोडेर गएका प्रमुख जिल्ला अधिकारी शर्माले पुष्टि गरे । गत बुधबार पाटन नगरपालिका– ८ का धनसिंह विष्ट र नरबहादुर विष्ट दाजुभाइबाट सार्कीले १० हजार रुपैयाँ घुस लिएको भिडियोसहितको समाचार विभिन्न मिडियाहरूबाट सार्वजनिक भएको थियो । 

छुट पुर्जा दिने क्रममा उनले पटक–पटक गरेर ५१ हजार घुस लिएको आरोप लागेको छ ।  कुनै पनि कर्मचारीविरुद्ध घुस लिएको आरोप लागेपछि सुरुमा स्पष्टीकरण सोध्ने र त्यसपछि कारबाहीका अन्य प्रक्रियाहरू सुरु गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी बताए । 

कमेन्टहरु