मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
नेपाली काङ्ग्रेस बाजुराले दशै सुभकामना आदानप्रदान संगै विभिन्न विषय छलफल


बाजुरा, असोज १९। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाजुराको बिजया दशमी, दिपावली, छट पर्वको सुभकामना आदानप्रदान कार्यक्रम संगै विभिन्न विषय छलफल गरेका छन। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाजुराको आयोजनामा नेपालीहरुको महान चाड पर्व बिजया दशमी दिपावलीको सुभकामना आदानप्रदान कार्यक्रम संगै काङ्ग्रेस पाटीको आन्तरिक छलफल गरिएको छ। नेपाली काङ्ग्रेसको बृहत १०० दिने अभियान गर्ने, मंसिर महिनामा उपनिर्वाचन हुने क्षेत्रमा भेटघाट कार्यक्रम तथा कार्यकर्ता एकता हुने, नेपाली काङ्ग्रेस बाजुरा बार्षिक कार्यतालिका सम्बन्ध छलफल भएको छ।
महासमिति बैठक निति अधिबेशनको निर्णय कार्यन्वयन सम्बन्धमा, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सङ्ग अभिमुखिकरण सम्बन्धमा प्रदेश, संघमा निर्वाचित माननीयलाई बिकास निर्माणका लागि गरेको कामको प्रतिवेदनका सम्बन्धमा र २००७ साल देखि हाल सम्म काङ्ग्रेसमा योगदान गरेका अग्रजका सम्बन्धमा अहिलेसम्मका आन्दोलन, द्वन्द्वकालका घाइते, सहिदका र स्थानीय तहले पार्टीको घोषणा पत्र बमोजिमको काम, करबाहीका सम्बन्धमा जिल्ला स्थित रहेका सरकारी कार्यालय, पालिका सङ्गको समन्वय वडा, पालिका, प्रदेश सभा समितिको सम्मेलन सम्बन्धमा गोष्ठी भेला गरिएको नेपाल काङ्ग्रेस जिल्ला कार्यसमितिले जनाएको छ।
२०४७ देखि हाल सम्मका पार्टी सभापति सम्बन्धमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिले पार्टी मा गरेको गतिविधिको प्रतिवेदन संगै भातृ तथा सुभेच्छुक संघलाई क्रियाशिल बनाउने र बाढी पहिरो पीडितका राहत र पार्टीमा योगदान गरेकालाई सम्मान गर्ने विषयलाई छलफल गरी बिपि स्मृति भवन निर्माण सम्बन्धमा क्रियाशिल वितरण र नविकरण कामलाई सशक्तीकरण बनाउने जस्ता निर्णय पाटी गरिएको छ।























