बाढी पहिरोबाट २४२ जनाको मृत्यु, कति क्षति ? (विवरणसहित)

नवलपुर टुडे
२०८१ अशोज १७ | बिहान ०६:०६ बजे

काठमाडौँ । बाढी र पहिरोमा परेर देशभर दुई सय ४२ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार बाढी र पहिरोमा परेर २ सय ४२ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।
हालसम्म विपदबाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको जनाइएको छ । बाढी पहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको प्रहरीले जनाएको छ ।
विवरण:
























