उनका अनुसार भौतिक पूर्वाधारतर्फ खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब, सडक संरचनामा २ अर्ब ५२ करोड क्षति भएको हो। त्यस्तै कृषितर्फ भने ५ अर्ब ४९ करोड क्षति भएको प्रारम्भिक विवरण रहेको छ।
बाढीपहिरोबाट २१ जिल्ला बढी प्रभावित भएका छन्। बाढीपहिरोमा परी अहिलेसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपता छन्। १ सय ५८ जना घाइते भएका छन् भने ४ हजार ३ सय ३१ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।




















