तीन दिन राष्ट्रिय शाेककाे घाेषणा

नवलपुर टुडे
२०८१ अशोज १५ | बिहान ०६:०६ बजे

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
राष्ट्रिय शोकका तीन दिन सरकारी कार्यालयमा झण्डा आधा झुकाइनेछ। सार्वजनिक बिदा भने नहुने पनि सरकारले जानकारी दिएकाे छ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ भने प्रधानमन्त्री र मन्त्रीहरुले पनि एक महिनाको तलब दिनेछन्।























