कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

किसान धान काट्न सुरु

उमेश रोकाया
२०८१ अशोज १५ | बिहान ०५:०६ बजे

बाजुरा, असोज १५। बाजुरा जिल्लाका अधिकास किसान धान काट्न सुरु गरेका छन। वर्षा लागे संगै खेतमा लगाएको धान बाली भित्र्याउन किसान व्यस्त रहेका छन। जेष्ठ असार महिना रोपिएको धान वर्षको सम्भावना धेरै हुँदा कृषक चिन्ताजनक परेका छन। लगाएको अन्नबाली वर्षाले सखाप पार्ने सक्ने भएपछि गाउँ अधिकास किसान ठुलो चिन्तामा परेका छन। धानबाली भित्र्याउन पाए वर्षभरीका लागि खान पुग्ने भएकाले पुरै परिवार धान काटनमै व्यस्त रहेको हिमाली गाउँपालिका वडा नम्बर ५ का प्रकाश कार्कीले बताए।

जतिसुकै खेतीपाती दुख गरेपनी लगाएको धानबाली उत्पादन कम हिने हुँदा बजारबाट किनेर खानुपर्ने स्थिति उही रहेकोे अवस्था छ। जसले धान बाली उत्पादन कम हुने भएपछि खेतीपाती गर्न घट्दै गएको देखिन्छ। खेतमा रहेकोे धानको बाली वर्षाले असर पार्छ भन्ने हिसाबले अलि अगाडि बाट धान काटन गाउँमा किसान व्यस्त रहेकोे कार्कीले बताए।

यस बर्षको वर्षे धान काट्न किसानलाई चटारो सुरु भएको छ। विशेष जिल्लाको पूर्वी उत्तरी भेगका बुढिनन्दा, स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिका क्षेत्रमा यहाँका किसानहरु धान काट्न व्यस्त बनेका हुन्। बाजुरामा धान काट्ने चटारोमा किसान खेतीहरुमा स्थानीयवासी युवाहरु बढी देख्न सकिन्छ । यसपटक पनि जिल्लाको पूर्वी क्षेत्रमा रहेका गाउँका वासीहरुले धान काटिरहेका छन्। धान काट्ने काम बाजुरावासीले गरेपनि किसान धान झार्नेकाम भने परम्परागत तरिकाबाट गरिरहेका किसानले बताए छन्।

कमेन्टहरु