पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

पर्यटक रोजाइमा धार्मिक पादुका त्रिवेणी धाम

उमेश रोकाया
२०८१ अशोज १२ | मध्यान्ह ०५:०६ बजे

बाजुरा, असोज १२। मानव विकास सूचकां हिसाबले ७७ औं स्थानमा पर्ने विकट जिल्लाले मात्र परिचित छ । नेपाल सरकारले जिल्ला भित्र रहेका सम्भावनाहरुको पनि खोजि गरी गरेर विकास अवस्था निकै कम रहेकोे छ। कुण्डा क्षेत्रमा हालका ४ ओटा स्थानीय तहहरु अवस्थित यस क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका हिमाली गाउँपालिका स्वामीकार्तिक खापर गाउंपालिका र जगन्नाथ गाउँपालिकाको स्थानीय तहहरुको सिमाना बीच केन्द्रले जोडिएको धार्मिक तथा पर्यटकीय स्थल कैलाशद्वार पादुका त्रिवेणी धाम देउरा क्षेत्र हो। यस क्षेत्रलाई मानसरोबरबाट आएको कर्णाली नदी तथा बुढीनन्दाबाट आएको पवित्र नदीहरुका कारण त्रिवेणी धामका रुपमा परिचित रहेकोे छ। यस क्षेत्रमा पुग्नका लागि हुम्ला, मुगु, कालीकोट, जुम्ला र अछामबाट यस क्षेत्रसंग जोडिएका भूगोलहरुबाट पनि बराबर दुरीमा पुग्न सकिन्छ। हिल्सा मानसरोवर चिनसंग जोडने कर्णाली करीडोर पनि पादुका क्षेत्र भएर नै अगाडी बढेको छ। पिलु पादुका देउरा क्षेत्रमा पुग्नका लागि बाजुरा जिल्लाको कोल्टी विमानस्थलमा हवाई जहाजमा नेपालगंज, सुर्खेत र धनगढीबाट पुग्न सकिन्छ।1727470261591

मोटरबाटो बाट अछाम तथा कालीकोटबाट पुग्न सकिने भएकाले निकै सहज रहेको छ। हिमाली गाउँपालिका चुलाचौर देखि चिसापानी सम्म कणांली नदीमा जलयात्राका माध्यामबाट पनि पुग्न सकिने सम्भावना रहेको छ। हाल सो क्षेत्रमा जलयात्रा संचलानमा रहेको छ। पादुका क्षेत्रको महिमा बारे महाभारतमा उल्लेख गरिएको छ। शिवपार्वतीको कूडा स्थल, विष्णु भगवानको बास बसेको ठाउँ र पांच पाण्डवले तपस्या गरेको भूमिका रुपमा परिचित धार्मिक पर्यटक स्थल पादुका त्रिवेणी धाम रहेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर धार्मिक स्थलमा जाने पौराणिक कैलाश मार्गको रुपमा यस क्षेत्रसंग जोडिएको बुढिनन्दा हुँदै अविचिन्न रुपमा मानसरोवर सम्म जोडिएको छ। पादुका क्षेत्रमा १९०१ मा बालनरसिंह कुँवर तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुर राणाका बुवाले निर्माण गरेको मन्दीर पनि हालसम्म देख्न सकिन्छ। शिव लिङ्ग, भगवान विष्णुको पाउ र गाईको टिका यस स्थानमा रहेको छ। कैशाल मानशरोवर जान नसक्ने तिर्थयात्रिहरुले पादुकाको दर्शन गरी फर्किने चलन परापूर्वकाल देखि चलिआएको छ। मानसरोवरको मुहानबाट जमिनको सतह मुनिबाट आउने जल यसै ठाउमा निस्कीन्छ। शिवपार्वतीको मूर्ति आकृतिको पहाडको दाहिने पट्टीको अकाट्य पर्वत बाजुराको पादुका कुण्डमा कर्णाली नदीले काटेको छ। कुण्डमा हरेक वर्ष मकर संक्रान्ती, श्रकृष्ण जन्माष्टमी, शिवरात्रि र तिजका दिनमा भव्य रुपमा हजारौ भक्तजनको उपस्थिति भई भव्य मेला लाग्ने गर्दछ। मकर संक्रान्तिका दिनमा उक्त जल निस्कीने स्थलमा आगोको ज्वाला बलेको देखिन्छ । त्यसै स्थानबाट जल भरेर लिने गरिन्छ। गाउँघरमा अग्नी ज्वाला देख्ने कयौं बुढापाकाहरु हालसम्म पनि जिवीत हुनु हुन्छ।1727470141467 1

कुण्डबाट लिएको जल मन्दीर तथा घरमा राख्नाले घरमा शान्ति हुने, सृष्टि हुने, सदभाव कायम हुने जनविश्वास रहेकोे छ। मानवसरोवर, बडिमालीका र स्वामीकार्तिक बाट आएका अविछिन्न पर्वतहरु यसै स्थानमा आएर संगम भई अन्त हुने भएकाले नदी र पहाडको हिसाबले धार्मिक तथा ऐतिहासिक देवस्थल त्रिवेणी धामका रुपमा परिचित छ। बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालीले छोएको ठाउँ पादुका स्वामीकार्तिक खापर गापाको क्षेत्रमा रहेको कार्तिक स्वामीको देउरा मन्दीर र जगन्नाथ गाउँपालिका क्षेत्रमा रहेका शिवजीको मन्दीरलाई क्षेत्रको समग्र धार्मिक पर्यटनका विकास गर्न सकेको खण्डमा एतिहासिक महत्वको क्षेत्रलाई विश्व सामू प्रचार प्रसार गर्न सकिने देखिन्छ। यसको अध्ययनका लागि बजेटको व्यवस्थापन नेपाल सरकारबाट हुन जरुरी देखिन्छ । उक्त पादुका धामलाई संरक्षण संगै पर्यटकको पर्खाइमा रहेकोे छ। उक्त क्षेत्रमा आएका धार्मीक पर्यटकहरुको दान र दक्षिणालाई पिलु पादुका देउरा धामिक तथा पर्यटन विकास समिति निमार्ण गरी यस क्षेत्रको अन्य विकास निमार्णका लागि कोष स्थापना गर्न सकिने छ।1727470114069

कर्णाली करीडोरबाट मानसरोवर जाने धार्मिक पर्यटकहरुलाई जाने वा फर्किने समयमा पादुका त्रिवेणी धामको धार्मिक तथा ऐतिहासिक महत्व बुझाउने र यस क्षेत्रको दर्शन अनिवार्य गर्न सकिने गरी समन्वय तथा यस क्षेत्रको विकास गर्न जरुरी छ। रारा जाने वार्षिक पर्यटकहरुलाई आउँदा वा जांदा यश पादुका त्रिवेणी धाम संगम स्थानमा पर्ने हुँदा यसलाई संरक्षणमा जोड दिने सम्भावना देखिन्छ। राराबाट फर्किदा जुम्लाको मोटर बाटो तथा हवाई मार्ग भन्दा बाजुराको बाटो छोटो सुरक्षित र भरपर्दो छ। यो क्षेत्रमा धार्मिक महत्त्व संगै बाहिर बाट आउने पर्यटकलाई घुम्न रमाउन साथै मनोरंजन गर्न कर्णाली नदीमा जल पर्यटन मोटर बोट र्‍याफि्टङ र जेट स्कीहरुको संचालन गर्न सकिने प्रचुर सम्भावना छ। हिमाली गाउँपालिकामा रहेको रानीसैन क्षेत्र र अपि साईपाल हिमाल जाने सबै भन्दा उपयुक्त बेशक्याम्प यसै क्षेत्रबाट जान सहज हुन्छ। बाजुरा पर्यटकीय क्षेत्र बुढीनन्दा, खप्तड र बडिमालिका जान समेत पिलुपादुका धार्मिक पर्यटकीय मूख्यद्वार बन्ने निश्चित रहेकोे छ।1727469648989

कमेन्टहरु