कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
मुक्तिकोटमा कृषि प्रवद्र्धन भवन निर्माणका लागि त्रिपक्षीय सम्झौता


बाजुरा, असोज ११। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर २ मुक्तिकोटमा कृषि प्रवद्र्धन भवन निर्माणका लागि शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,भारतीय राजदुताबास र स्वामीकार्तिक खापर गाउँपालिका बीच भवन निर्माण कार्यका लागि सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार मुक्तिकोटमा खाद्य र नुन विक्री गर्ने र स्थानीय उत्पादन बेच्ने गरी भारतीय राजदुतावासको पाँच करोडको लगानीमा भवन निर्माण गर्न लागिएको बताए ।
१५ महिनाभित्र निर्माण कार्य सक्ने गरी त्रिपक्षीय सम्झौता भएको गाउँपालिकाका अध्यक्ष रोकायाले बताएका छन् ।पालिकामा परियोजना संचालन गर्नका लागि सहयोग गर्ने भारतीय दुतावासका ईन्जिनियर आशिस सिन्हा, पूर्व राज्यमन्त्री जनकराज गिरी, ईन्जिनियर शिव भट्टराई, सुर्य पाण्डे लगायतलाई अध्यक्ष रोकायाले धन्यवाद दिएका छन् । उनले पालिकाको विकास र समृद्धीका लागि सधैं सहयोगको अपेक्षा समेत गरेका छन् ।


















