मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
आमा पहिलाे कार्यक्रम स्वामीकार्तिकमा सञ्चालन


बाजुरा, असोज १०। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका द्वारा आमा पहिलाे कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिका भरिका १ सय ७ आमा समूहहरू मध्य ३९ वटा आमा समुहहरूका आमा संग भेटघाट तथा भला कुसारी गरीयाे गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो। मिगु गाउँ देखि फयाल गाँउसम्म प्रत्येक घर नछुटने गरि १ सय १९ वटा आमा समुहहरूमा २ हजार ४ सय आमाहरू आबद्ध भएका छन। प्रत्येक आमाहरूकाे नि:शूल्क बैक खाता खाेली जनही रू ४ हजार १ सय २४ रूपैयाँ जम्मा गरेको अध्यक्ष रोकायाले बताए।
आमा पहिलाे कार्यक्रम सञ्चालन गरिएको छ। आमाकाे खातामा आफुले आम्दानी गरेकाे केही अंश बचत गर्ने, प्रत्येक आमाले ५ के.जी. दाल समूह मार्फत जम्मा गर्ने र जुन दाल विधालयकाे दिवा खाजाका लागि बिक्रि गरीने भएको छ। दाल बेचेर आएकाे पैशा आमाकै खातामा जम्मा गरिने छ। प्रत्येक आमा समुहलाई प्रत्येक बर्ष एक आयमूलक याेजना छनाैट गरि लागू गरिने छ। आफ्नाे सम्पूर्ण उत्पादन समुह मार्फत बिक्रि गर्नु पर्ने छ। गाँउमा मदिरा तथा जुवा समाजकाे शान्ति खलल गर्ने खालका कार्यलाई बन्द गर्न आमा समूह लाग्ने। आफ्नो घर आगन सफा राख्ने ट्वाईलेट नभएका सदस्यकाे घरमा अनिवार्यरूपमा ट्याईलेट बनाउने यदि बनाउन अटेर गरेमा समुहबाट बाहिर गर्ने। छाउपडी, बाल बिवाह, छुवाछुत जस्ता आदी बिकृत प्रथालाई समाजबाट हटाउन सक्रिय हुने गरि आमा पहिलाे कार्यक्रम सुरु गरिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ।


















