अबैध तीन लाखको किवि भन्सार कार्यालय पठायो
धर्मेन्द्र कुमार कुर्मी
२०८१ अशोज ९ | मध्यान्ह ०८:०६ बजे

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका- २ गल्लामन्डीबाट छ क्युनटल २५ केजी किवि फलफूल बरामद गरी भन्सार कार्यालय बुझाएको छ ।
भारतबाट अबैध रूपमा नेपाल भित्रियाइएको उक्त किवि बेवारिसे अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।
पच्चीस वटा बोरामा रहेको उक्त किवि प्रति बोरा २५ केजीको दरले छ क्युनटल २५ केजी रहेको र जसको अनुमानित मूल्य तीन लाख १२ हजार पाँच सय रुपयाँ बराबरको रहेको छ ।
उक्त बरामद अबैध किवि आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाईएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ।























