बुटवल लुम्बिनी चितवन गोल्डकपको फाइनलमा


बुटवलले खेलको ५३ औं मिनेटमा एमानुयल बोएटेङको आत्मघाति गोलमा अग्रता लिएको थियो । उनको ब्याक पासमा गोलकिपर प्रमिजय गच्छादार झुक्किदा बलले जाली चुम्यो । अरितिक्त समयको अन्तिम मिनेटमा आयुष घलानले गोल गरेपछि बुटवल २-० ले विजयी भयो ।
बुटवलका कप्तान एरिक बिष्ट म्यान अफ दि म्याच भए । बुटवलले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजतीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि विभागीय टोलीहरु नेपाल पुलिस क्लब काठमाडौं र एपिएफ फुटबल क्लब काठमाडौं भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।























