यादवद्धारा लिखित स्काई थेरम गणित अनुसन्धान सार्वजनिक


काठमाण्डौं । महोत्तरीका सत्यानन्द कुमार यादवले गणितको ज्यामितीय संग सम्बन्धित केही नया खोजहरुमा आधारित स्काई थेरम नामक अनुसन्धान पुस्तक सार्वजनिक गरेका छन् ।
भक्तपुरको सुर्यबिनायक स्थीत दार्जिलिङ हाइटको ग्रीनल्याण्ड क्याफेमा प्रेस मिटको आयोजना गरी स्केलको सहायताले मात्र गरिने कापिमा बनेको प्रिपेन्डीकुलर वा ९० डिग्री कोण बनाउने,बनेको प्रिपेन्डीकुलर बाट एङ्गल वा ट्रेङ्गल बनाउने,ट्रेङ्गलको तिनवटा भुजामध्ये कुन भुजामा प्रिप्न्डीकुलर कनाउन सकिन्छ या सकिदैन ? कुनै दिइएको ट्रेङ्गलमा स्काई सत्र लगाएर एङ्गल पत्ता लगाउने स्क्वायर बाट आँफुलाई आबस्यकता परेको रेगुलर पोलिगन बनाउने, स्केल र कम्पासले बनाउनु भन्दा स्काई सुत्र बाट प्रभाबकारी हुने यादबले बताएकाछन् ।
करिब ६/७ बर्षको अनुसन्धान पछी स्काई सुत्र पत्ता लगाएर विद्यालयको कक्षा ७ देखी माथीका विद्यार्थीहरुको लागि ज्यामिति बक्स बोक्नु पर्ने झन्झट हटाएर स्केल मात्रले गणितको समाधान गर्न सकिने यादवले दाबी गरेकाछन् । पुस्तकको मूल्य भने रु १०० राखिएको लेखकले जनाएकाछन् ।
नेपालमा गणितको अनुसन्धान थोरै मात्रामा हुने गरेको र उक्त अनुसन्धान गर्नका लागि सेकेन्डरी श्रोतका रुपमा त्रिभुवन विश्वविद्यालयको लाइब्रेरी,अन्य लेख रचना,गुगल एनलाइसिस् र अन्तराष्ट्रिय अध्ययन गरेर्दा उक्त थेरम नभेटिएकाले अनुसन्धान बाट नयाँ तथ्य पत्ता गलाएको यादको भनाई रहेको छ ।
नेपालमा सस्तो लोकपृयताको लागि राजनीति भइरहेको र शैक्षिक संस्थाहरुमा पनि घोकन्ते विद्या भइरहेको तर नयाँ कुरा खोज गर्ने वातावरण नभएको,खोज गर्नेहरुको लागि हौसला र उत्प्ररणा नभएर कोपिलामै निमोठ्ने परिपाटीका कारण खिसिटिउरी गर्ने परम्पराका कारण अनुसन्धानकर्ताहरु स्वदेशमा बस्न नसक्ने अवस्था रहेको पुस्तकका प्रकाशक राजगीर यादवकोे भनाई रहेको छ ।
इम्प्रिन्ट डिजाइन एण्ड प्रिन्ट सोलुसनद्धारा मुद्रण गरिएको प्रथम संस्करण २०८१ रहेको स्काई थेरम सिकाई अनुसन्धान क्रियाकलाप पुस्तक १००० प्रति छापिएकाले हाललाई लेखक संगनै खरिद गर्नुपर्ने लेखक यादवले जानकारी दिएकाछन् ।























