धर्म–संस्कृति/रीतिथिति

थारु कल्याणकारिणी सभा प्रतापपुर गा पा कमिटी द्वारा आयोजितब २ दिन तेस्रो जितिया संस्कृति तथा सम्मान कार्यक्रम सम्पन्न

खुरसेद हजाम
२०८१ अशोज ७ | मध्यान्ह ११:०६ बजे

 नवलपरासी असोज ७

थारु कल्याणकारिणी सभा प्रतापपुर गा पा कमिटी द्वारा
आयोजीत तथा थारु युवा सेवा समिति प्रतापपुर सहयोगमा प्रतापपुर गाउँपालिका वडा न १ जितिया संस्कृति झम्टा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नम्बर १ स्थित बाउन्न गढी मन्दिर परिसरमा कार्यक्रम गरिएको युवा समाज नेता राजेश चौधरीले वताए ।
थारु कल्याणकारिणी अध्यक्ष दीपेन्द्र प्रसाद गुरौको अध्यक्ष्ातामा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी प्रमुख आतिथ्यता, सुस्ता उपाध्यक्ष गिता चौधरी प्रतापपुर गाउँपालिका प्रमुख प्रमुख प्रशासकीय अधिकृतअर्जुन चौधरी पुर्व उपाध्यक्ष प्रतापपुर गाउँपालिका अनजु कुमारी चौधरी प्रतापपुर वडा नबर १का वडाअध्यक्ष महेन्द्र चौधरी ९ नबर वडा अध्यक्ष जयकिसुन चौधरी थारु कल्याणकारिणी केन्द्रीय सदस्य खिरीनरायण चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

जितिया पर्व थारु समाजका लागि एक महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व हो जुन विशेष गरी नेपाल र भारतका तराई क्षेत्रमा धूमधामले मनाइन्छ । कार्यक्रममा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी जितिया पर्वको अवसरमा शुभकामना दिए । उनले भने, ‘लक्ष्य प्राप्ती गर्न लाग्नुपर्छ थारू अझै विकास भएको छैन हाम्रो समाज अझै शिक्षा क्षेत्रमा पछि परेका छन थारुको जीवन स्तर उकासन लागि पालिका बाट हुन सहयोग गर्न प्रतिबद्धता । जनताको सेवामा निरन्तर लागिपर्ने उनको भनाइ छ ।

सामूहिक रूपमा महिलाहरू व्रत बस्ने, पूजा–अर्चना गर्ने प्रचलन रहेको छ । यसले सामाजिक एकता र आपसी मेलमिलापलाई प्रोत्साहन गर्ने विश्वास गरिन्छ ।

कमेन्टहरु