मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

बुढिनन्दा नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा

उमेश रोकाया
२०८१ अशोज ७ | मध्यान्ह ०४:०६ बजे

बाजुरा, असोज ०७। बुढिननन्दा नगरपालिकाले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र मार्फत एम्बुलेन्स सेवा सोमबारबाट सुचारु गरेको छ । नगरपालिका भित्रका विरामी, गर्भवती, र सुत्केरी महिलाहरुको लागि सेवा दिने गरी एम्बुलेन्स सेवा संचालन गरिएको हो। एम्बुलेन्स सेवा संचालनपछि गरिब,विपन्न,वृद्धवृद्धा, विपदमा परेर घाइते भएकाहरुको समयमै उपचार पाउने गरी नगरपालिका र छिमेकी पालिकालाई सेवा प्रदान गरिने नगर प्रमुख जनकुमार बोहराले बताएका छन्। 

नगरपालिकाले एम्बुलेन्स खरिदका लागि गत आर्थिक वर्षमा बजेट विजिनयोजन गरेको थियो । 
पालिकाले जनताको सेवाका संगै महामारी,गर्भवती महिला लगायत विपदमा परेका नागरिकको उपचारमा सहज होस भन्ने उद्देश्यका साथ एम्बुलेन्स सेवा संचालनमा ल्याएको नगर प्रमुख बोहराले बताए । नगरपालिकाले २ महिना पहिला मात्रै एम्वुलेन्स खरिद गरिएको नगर प्रमुख बोहराको भनाई रहेको छ । नगरपालिकाले एम्वुलेन्स सञ्चालनका लागि कार्यविधि बनाएर कार्यपालिका बाट स्वीकृति गराएर नगरबासीको सेवामा लाग्ने नगर प्रमुख बोहरा बताउछन् ।  पालिका भित्र नागरिकलाई सेवा दिन र छिमेकी पालिका स्वामिकार्तिक,जगन्नाथ ,हिमाली र छिमेकी जिल्ला हुम्ला र मुगुका तल्लो क्षेत्रका स्थानीय तहका जनतालाई समेत लक्षित गरेर एम्बुलेन्स सेवा संचालनमा ल्याएको नगर उप प्रमुख रामबहादुर बोहराले बताएका छन् । 

 नगरपालिका भित्रका विकट क्षेत्रका नगरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्य सहित नगरपालिकाले एम्वुलेन्स सेवा सुरु गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले जानकारी दिएका छन् । 
 नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाको एम्बुलेन्स सेवाले  नगरवासी र विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई स्वाथ्य सेवा लिनमा सहजता हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत साह भनाई रहेको छ । नगरपालिकामा एम्बुलेन्स थप भएसंगै सेवा उपलव्ध गराउन सहज हुने विश्वास लिइएको छ ।

कमेन्टहरु