स्वास्थ्य

पर्सामा अत्यधिक गर्मीका कारण कक्षा कोठामा ८ जना बेहोस

नवलपुर टुडे
२०८१ अशोज ७ | मध्यान्ह ०४:०६ बजे

पर्सा । पर्साको पोखरिया नगरपालिका- ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा अध्ययनरत ८ जना विद्यार्थीहरू अत्यधिक गर्मीका कारण कक्षा कोठा मै बेहोस भएका छन् ।

बेहोस हुनेमा कक्षा ७ मा अध्ययनरत सोनु ठाकुर र लालसा कुमारी यादव , कक्षा ९ मा अध्ययनरत नेहा कुमारी, मनिता कुमारी यादव,अन्तिमा कुमारी राम, चन्दा कुमारी ठाकुर, निसमा कुशवाहा र साजदा खातुन रहेका छन् । 

बेहोस भएका विद्यार्थीको उपचार पोखरिया अस्पतालमा भइरहेको र ती बिधार्थीहरुको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनकारी दिएको छ ।

यस सम्बन्धमा पोखरिया नगर पालिकाले नगरपालिका अन्तर्गत सञ्चालित विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूमा अत्यधिक गर्मीका कारण पर्ने प्रति कुल अवसरलाई मध्यनजर गर्दै भोलि ८ गते देखी ११ गतेसम्म विद्यालय बिहान ६ बजे देखी मौसमको अनुकूलता अनुसार संचालन गर्न गराउनु भनी पोखरिया नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गराएको छ।

 

कमेन्टहरु