नवलपरासीको सिमानाकाबाट लसुन तस्कर, लसुन काण्डका कारण राजश्व प्रमुखको सरुवा


नवललपरासी, असोज ७ । राजस्व अन्सन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृतको सरुवा भएको छ । नवलपरासी जिल्लाभित्र राजश्व अनुसन्धान कार्यालय बुटवलले नवलपरासी सिमावर्ती बसहिया नाकामा छापा मारेर कागजपत्र लगे पनि अनुसन्धान कार्य प्रति नै टिकाटिप्पणी हुन थालेपछि आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृतको सरुवा भएको हो ।
राजस्वको छापा पछि तस्करीको रुट र गोदाम सारेर लसुन तस्करी गर्न थालिएको आरोप पनि लागेको थियो । सोही कारण पनि उनलाई अर्थमन्त्रालयले सरुवा गरेको हुन सक्ने कार्यालय निकट स्रोतले जानकारी गरायो । नवलपरासीको बसहिया नाका तस्करीमा उपयोग भए पनि लसुन भण्डारण गर्ने गोदाम भन्ने बेलाटारी बजार नजिकैको गंगापुरमा सारिएको थियो । स्थानीयका अनुसार अहिलेको अवस्थामा पनि जिल्ला भित्र सदरमुकाम परासी लगायत विभिन्न सिमावर्ती क्षेत्रमा १५ ट्रक भन्दा बढि लसुन भण्डारण गरेर राखेको श्रोतले बताए ।
नेपालमा कानुनसम्मत बैधानिक रूपमा चिनिया लसुन बिक्री गर्न पाउने भएपनि भारतमा प्रतिवन्धित हुँदा सो लसुन तस्करी हुने गरेको दाबी हुदै आएको छ । तर नेपालमा विलबिजक जारी गरी नै लसुनको ओसारपोसार हुने अवस्था भएपनि त्यसको खपत र खरिद विक्रि प्रति छानविन हुनु पर्ने कुरा उठ्दै आएको छ । त्यसले गर्दा पनि अनुसन्धान कार्यालय विवादमा पर्ने हुदा प्रमुख अनुसन्धान अधिकृत पशुपति बाबु पुरीको सरुवा भएको हो ।
सो कार्यमा महेशपुर भन्सार प्रमुख बुद्धि कुमार चुडाल पनि विवादिन नै छन्,उनी पनि तानिने अवस्था हुन सक्ने स्रोतको दाबी छ । नेपालका राजस्व अनुसन्धान प्रमुख मात्रै नभई सिमावर्ती भारत निचलौल उप जिल्ला अधिकारी(एसडिएम) कार्यालयका तत्कालिन उप जिल्ला अधिकारीको स्थानमा हाल उपजिल्ला अधिकारीमा शैलेन्द्र कुमार गौतम कायम भएका छन् ।
लसुन तस्करीमा भारतको एसडिएम र निचलौल कोतवालीको पनि मिलोमतो भएको आरोप लाग्दै आएको छ । अहिले पनि अनुसन्धान भइरहेको तर प्रतिवेदनबारे कुनै प्रतिकृया दिन चाहेको छैन । सो लसुन बेलाटारी, गंगागापुर, पिपरपाती लगायतका गाउँमा अघोषित गोदाममा भण्डारण गर्ने र राती राती पिकअप भ्यानमा राखेर सिमाक्षेत्रमा पु¥याउने गरिएको छ ।
प्रहरी निरिक्षकहरू रहेको क्षेत्रमा प्रायःलसुनको ओसारपोसार गर्न सहज हुने भएकोले तस्करहरू पनि तिनै क्षेत्रमा सर्न थालेको छ । अहिले पश्चिम नवलपरासीको बसहियासँगै पकलिहवाको बलिनगर र महेशपुरको गोपालपुर गाउँ भएर भारतबाट नेपाल र नेपालबाट भारत अबैध सामान ल्याउने गरिएको छ ।
सो क्षेत्रका नेपालको शसस्त्र प्रहरी र नेपाल प्रहरी मात्रै होईन ,भारतको महराजगंज जिल्ला अन्तरगतको निचलौल तहसिल अन्तर्गतको निचलौल कोतवाली र एसडिएम कार्यालयका सुरक्षा अधिकारीहरूको समेत सहयोगमा सिमाक्षेत्रमा लसुन तस्करी हुने गरेको आरोप लाग्दै आएको छ । नेपालबाट भित्रिने लसुन भारतीय गण्डक नहरको बाटो हुँदै भारतको गोरखपुर हुँदै दिल्लीसम्म पुग्ने गरेको स्थानीयले बताए । निचलौल बजार नजिकैको गण्डक नहरपुल निर विहान नहुँदै लसुन बोक्ने गाडीको लाम लाग्ने गर्छ । यहाँ ती गाडीबाट निचलौल कोतवालीका प्रहरीले रकम असुल्ने गरेका छन । यसले गर्दा लसुनको तस्करी मौलाउने गरेको छ ।
भारतमा चिनियाँ लसुन प्रतिवन्धित छ, तर लसुन बजारमा महँगोँ भएका कारण सस्तो चिनिया लसुन भारतमा पु¥याउन नेपालको बाटो प्रयोग गरिएको छ । केही दिन पहिला बसहिया नाकामा आन्तरिक राजस्व कार्यालयले छापा मारेर लसुन छाडी कागजपत्र मात्रै लगेको थियो । अहिले जुन फर्मको कागजपत्र लगेका थिए, ति घरबाट फर्मको बोर्ड समेत हटाइएको छ, यसले गर्दा पनि लसुन अनेत्र लगिएको स्थानीय श्रोतले बताए ।
बरामद गरिएका लसुन अनुसन्धान नसकिएसम्म सिल गर्नु पर्ने हो। तर खुल्ला रूपमा लसुन विक्रि नगर्नु अनुसन्धान भईरहन्छ भन्ने राजश्वका कर्मचारीले भनेको स्थानीयले जानकारी दिए ।
भित्र भित्रै लसुनको ओसारपोसार भई रहन्छ, चाहिएको बेला जहाँबाट जुनसुकै लसुन उपलब्ध गराउन सकिन्छ, यो समान्य ब्यक्तिले पनि बुझ्नु पर्ने कुरा हो । यसले गर्दा पनि अनुसन्धान अधिकृत माथि प्रश्न उठेको हुन सक्ने अनुमान गरिएको छ । राजस्व अनुसन्धान कार्यालयका अनुसार प्रतापपुर गाउँपालिका- ५ बसहियाको भैरमपुरटोलमा रहेको अनिषा ईण्टरप्राईजेजको लसुन खरिद गरिएको बिल भरपाई र कागजपत्रहरू अनुसन्धानका लागि बुटवल लगिएकोे छ । सो विषयमा अनुसन्धान कार्य भइरहेको कार्यालयका सूचना अधिकारी मनोज कुमार सैनीले बताए । उनीहरूलाई विहिवार कार्यालयमा बोलाइएको समेत उनले जानकारी गराएका थिए । पछि उनले अनुसन्धान भई नै रहेको प्रतिकृया दिएका थिए ।
उनका अनुसार गोदाममा भेटिएको २० किलोको ५१० बोरा र ३० किलोको ३१ बोरा गरी कुल ५ सय ४१ बोरा चाइनिज लहसुन कतै पनि ओसारपोसान नगर्न फर्म सञ्चालकलाई निर्देशन दिएको र अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।
प्रमुख अनुसन्धान अधिकृत पुरीको सरुवाबारे उनको अवधी पुगिसकेको र नियमित सरुवामा भएको प्रतिकृया दिएका थिए । चाइनिज लसुन नेपालमा प्रति किलो २७० रूपैयाँमा खरिद गरी भारतमा ३२० मा बिक्री गर्दा प्रतिकिलो ५० रूपैयाँ मुनाफा हुने गरेको अवैध कारोबारमा संलग्नहरू बताउँछन । नजिकै अघोषित विभिन्न स्थानमा भण्डारण गरिन्छ । यो कुरा सशस्त्र प्रहरीले तस्करी माथि निगरानी गरेको र नाका पुर्णरुपमा ठप्प रहेको नवलपरासीका बिओपीका इन्चार्जहरुले बताउने गर्दछन ।
जनतालाई ठाउँ ठाउँमा प्रहरी छन्, तस्करी रोकिएको भ्रम छरिएको हुन्छ । तर विचमै ड्युटी सेटिगँ मिलाईएको हुन्छ, यसलाई ड्युटी सेटिगँ कारोबारको रूपमा कारोबार गर्ने तस्करहरूले बताउने गरेका छन् । तस्करहरु स्वयम कारोबार भैईरहेको बताउछन ।























