दुर्घटना

रौतहटमा बिहिवार भएको दुर्घटनामा दुईजनाको मृत्यु

अशोक यादव
२०८१ अशोज ४ | मध्यान्ह ०५:०६ बजे

रौतहट । रौतहटमा बिहिबार अलग अलग स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहट जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिका- ४ गरुडामा चन्द्रपुर गौर सडक खण्डमा मयुरीले पैदल यात्रुलाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए । ठक्कर दिएर गम्भिर घाईते बनाएका गढिमाई नगरपालिका निवासी तथा हाल गरुडा नगरपालिका-४ गरुडामा बसोबास गर्ने राम साह रौनियारलाई स्थानीयहरुले उपचारको लागी गरुडास्थित हेल्थ ल्याण्ड हस्पिटल पुरयााएका थिए ।

तर अवस्था गम्भिर रहेका कारण समान्य उपचार पश्चात थप उपचारको लागी बिरंगज रेफर गरिएको थियो । बिरगंज लैजादै क्रममा गम्भिर घाईते भएका रौनियारको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएका छन ।

साथै ठक्कर दिएर गम्भिर घाईते बनाई भागेका मयुरी चालक र म.प्र.०३००१ ह ३४१४ नम्बरको मयुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताए ।

त्यस्तै रौतहटमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा मोटरसाइकलबाट दुर्घटना हुँदा कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरीया बस्ने सिकदेव पासवानको छोरा अन्दाजि २५ वर्षिय रामजनम पासवानको मृत्यु भएको छ । मृतक पासवानले आफ्नो दिदीको घर बाराको सिसवा सोनाहा जादै थियो ।

कटहरिया गम्हरी सडक खण्ड स्थित लालबकैया पुल पारी मधेश प्रदेश ०३(०२८प ४९४१ नम्बरको अपाचे मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मृत्यु पासवानलाई पोस्टमार्टमको लागी गौर पठाइएको समाचार श्रोतले जनाएको छ । ज्यान गुमाएको पासवानको विहे भइसकेको छ भने करिब १ वर्षको छोरा समेत रहेको छ ।

कमेन्टहरु