घटना

दाउन्नेको जंगलमा भुस बोकेको ट्रकमा अचानक आगलागी

नवलपुर टुडे
२०८१ अशोज ४ | मध्यान्ह ०५:०६ बजे

नवलपरासी, असोज ४ । नवलपरासीको दाउन्नेमा भुस बोकेको ट्रकमा अचानक आगलागी हुदा ट्रकमा क्षती भएको छ ।

आज बिहान अन्दाजी १० बजे बर्दघाट नगरपालिका- ४ दाउन्ने जंगलस्थित पुर्व पश्चिम राजमार्गमा भैरहवाबाट कुरिनटार चितवनको लागी जादै गरेको लु २ ख ५१३७ न. को भुस बोकेको ट्रकमा गाडीको ईन्जिन तातिन गई अचानक ट्रकको अगाडीको भागमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

घटनाको सुचना पश्चात् तत्काल प्रहरी टोली र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको र मानबिय क्षती नभएको, बाटो अवरोध नरहेको बोहराले बताए ।

कमेन्टहरु