मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

संविधान दिवसमा वृक्षारोपण कार्यक्रम गरेर हिमालीमा मनाए

उमेश रोकाया
२०८१ अशोज ३ | मध्यान्ह ०९:०६ बजे

बाजुरा, असोज ०२। संविधान दिवसको अवसरमा हिमाली गाउँपालिकामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेर मनाएका छन। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल पालिका कर्मचारी टिमका र धुलाचौर अस्थायी प्रहरी चौकी सहितको सहभागितामा पालिकाको परिसर भित्र बृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेर संविधान दिवस मनाएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए। गाउँपालिका स्वच्छ र सफा राख्नका लागि संविधान दिवस अवसरमा ६०/७० सल्लाको बोट रोपेका छौँ। पालिका भित्र रहेका फोहोर संकलन गरेर सफा सुन्दर बनाएका छ। हरियाली वातावरण बनाउन वृक्षारोपण गरेर संविधान दिवस कार्यक्रम गरिएको भण्डारीले बताए।

संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो। नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ। पछिल्लो समय नेपालको संविधान २०७२ जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइन्छ। आज देशभरका विभिन्न ठाउँमा हरेक कार्यक्रम गरेर मनाएका छन।

कमेन्टहरु