समाचार

समाचार लेखेकै आधारमा वडाअध्यक्ष साहद्वारा पत्रकारलाई मार्ने धम्की

अशोक यादव
२०८१ अशोज २ | मध्यान्ह ०२:०६ बजे

रौतहट । राैतहटकाे वृन्दावन नगरपालिका- ३ का वडा अध्यक्ष हरिनारायण साहले समाचार लेखेकाे भरमा पत्रकारलाई ज्यान मार्न धम्की दिएका छन । बिगतका बिकाशका बारेमा वडा अध्यक्ष माथि खाेजतलास तथा बिकाशकाे बारेमा सत्यतथ्य समाचार लेख्दा वडाअध्यक्षले मार्ने धम्की दिएका हुन ।

वडा अध्यक्ष साहले बिहानै रक्सी खाएर मातिने, वडा कार्यालयमा कहिले नजाने र जनताको काम कहिले नगर्न भएकाले रौतहटका एक जना पत्रकारले समाचार लेखेकै भरमा वडाअध्यक्षले ज्यान मार्न धम्की दिएको हो ।

वडाअध्यक्ष हरिनारायण साह वडाको जननिर्वाचित वडा अध्यक्ष मात्र नभएर बिदेश पठाउने दलालसमेत रहेको छ । उनले वडामा बसेर जनताको काम गर्ने भन्दा बिदेशमा मान्छे पठाउने काममा समय दिएको आरोप छ । उनले जनताको सेवा भन्दा पनि आफ्नो दलाली पेशालाई प्राथमिकता दिएर सधै बिना सूचना दलाली काममा बाहिर बस्ने उनको रबैया रहेको छ ।

उनले पत्रकार रमेश यादवलाई सत्यतथ्य समाचार बाहिर ल्याएको भन्दै धम्की पुर्ण भाषामा ज्यान लिने भनेको पत्रकार यादवले बताए । यादवले जनताको प्रतिनिधि भएर जनताको काम गर्नुस । बिना सुचना जनताको कामलाई थाती राखेर बाहिर नहिड्नुस । जनताको गुनासोको आधारमा सम्झाउदा पनि अध्यक्षले नमान्दा समाचार लेख्दा मार्ने धम्की दिएको बताए ।

अध्यक्ष शाहले समाचार बाहिर आएपछि फोन गरेर तिमी मेरो वडाको हो, चुप लागेर बस । तिमिले समाचार लेखेर राख्यौ अब हेर तिम्रो बारेमा म के-के भन्दै छु तिमी समाचार लेख्ने खालका हुदैनौ…… त्यति मात्र नभएर जातियता नारा लगाएर समाजमा द्वन्द फैलाएर समाजमा लडाई गराउने एक आपसमा झगडा गराउने किसिमका गालीगलौच गरेको आरोप उनी माथी लागेको छ ।

कमेन्टहरु