बिश्व

जनताको भोक मेटाउन जिम्बाब्वेमा २ सय हात्ती मारिँदै

एजेन्सी
२०८१ अशोज २ | मध्यान्ह ०१:०६ बजे

दक्षिण अफ्रिकी मुलुकहरूमा यसवर्ष देखिएको अल निनोका कारण खडेरी परेपछि त्यहाँका ६ करोड ८० लाख नागरिक प्रभावित बनेका छन्।

जिम्बाब्वेका पाक्र्स एन्ड वाइल्डलाइफ अथोरिटीका प्रवक्ता तिनाशे फारावोले पुष्टि गर्दै २ सय हात्ती मार्ने तयारी भएको बताए।

उनले विशेषगरी खाद्यान्नको अत्यधिक अभाव भएको क्षेत्रमा हात्तीको मासु पठाइने जानकारी दिए।

यसअघि नामिबिया सरकारले पनि खडेरीका कारण खाद्यान्न अभाव भएपछि ७ सय जनावर मार्ने घोषणा गरेको थियो।

कमेन्टहरु