मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बृद्ध अवस्थामा पनि पाएनन् नागरिकता

उमेश रोकाया
२०८१ अशोज २ | मध्यान्ह ०१:०६ बजे

बाजुरा, असोज ०२। जिल्ला उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँका कर्ण सिंह रावलले बृद्धअबश्था सम्म नेपाली नागरिकता नपाएको गुनासो गरेका छन। आफू २५ वर्षको उमेरमा घरबाट भारतमा गएको कर्ण सिंह रावलले बताए। ८ वर्ष ज्यामी काम गरेर भारतको उत्तर खण्ड लगायत विभिन्न ठाउँमा धाएर ज्यान पाल्ने गर्दै आइरहेको थियोे। त्यसपछि साथीको संगतबाट विना आरोप भारत जेलमा चलान भएको थिए। जेल भित्र हालिएको वर्षौंसम्म पुग्दा पनि बाहिर आउन सकिएन। भारतका विभिन्न ठाउँमा ३२ वर्ष जेल जीवन बिताएर आफ्नै जन्मभूमि ठाउँमा जानुपर्छ भन्ने तरिकाले आफ्नो घर खोज्दै ६५ वर्षको उमेरमा नेपाल आएको हो। अहिले घरमा आएको ३ वर्ष भएको उनलेे बताए।

आफू घरबाट भारत भागेर जादा घरमा आमाबुबा दाजुभाइ र श्रीमती थिए। लामो समयपछि भारत आफ्नो अत्तोपत्तो नहुदा घरमा रहेकी श्रीमती अर्का संग विवाह भैसकेको र घरमा रहेका आमाबाबु दाजुभाइ सबै मृत्यु भैसकेको छन। अहिले आफ्नो आफन्त आसे घरमा बस्दै आइरहेको रावलले बताए। आफू घर आएको १ महिनापछी हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा नागरिकता अनुसूची फर्म भर्ने शिविरमा आफ्नो प्रहरी मुचुल्का, नाता प्रमाणित र नागरिकता प्रमाणपत्र सिफारिस सहित कागजात जिल्ला प्रशासन कार्यालय लगिएको हो। प्रशासनले सबै कागजात पत्र पठाइसकेको थिए। नागरिकता अनुसूची संकलन गरेर जिल्लामा लगिएको हो।

नागरिकता आउने आशामा धुलाचौर बजार दुई हप्ता पर्खाइमा थिए। अरु सबैको नागरिकता आयो आफ्नो कागजपत्र प्रक्रिया पुरा गरेर पनि नागरिकता नआएको हुँदा अहिले जुनसुकै सेवा सुबिधामा बन्चित रहेकोे छु। गाउँमा आफू भन्दा पछि जन्मेका मान्छेहरू वृद्ध भत्ता पाएका छन। आफू अहिलेसम्म बुढेसकाल लाग्दा सम्म पनि सबै पाउने सुबिधामा पन्छिनु पर्ने बाध्यता रहेकोे छ। आफ्नो आयो स्रोत केही नहुदा आफ्ना आसे भाइभतिजाले लत्ताकपडा देखि खुवाउन समेत काम अरुको घरमा भैरहेको छ। बृद्धभत्ता खाने अवस्थामा पुगेपनी यता भने आफ्नो नेपाली नागरिकता प्रमाणपत्र नहुदा विभिन्न किसिमका सेवा सबै बन्चित भएको रावलले बताए।

कमेन्टहरु