घटना

रौतहटको सार्वजनिक पोखरीमा डुबेर एक युवाको मृत्यु

अशोक यादव
२०८१ अशोज २ | बिहान १०:०६ बजे

रौतहट, असोज २ । रौतहटको एक सार्बजनिक पोखरीमा डुबी एक युवकको मृत्यु भएको छ । रौतहट जिल्ला देवाही गोनाही नगरपालिका- ६ बस्ने रामजोधी पंडितको छोरा अन्दाजी बर्ष १८ धर्मेन्द्र पंडित रहेको छ ।

उनी सुस्त मस्तिक र बोल्न नसक्ने थिए । हिजोबाट अचानक हराईरहेकोले खोजतलास गर्दा मानिसको आवतजावत नहुने ठाउँको सार्वजनिक पोखरामा डुबेर मृत अबस्थामा भेटिएको प्रहरीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालयको बरिस्ठ सईको कमाण्डमा खटिएको टोलीले खाेजतलासकाे क्रममा पाेखरीमा मृत्य अबस्थामा फेला परेको हो । घटना बारे प्रहरीले थप अनुसन्धान जारी राखेको बताए ।

कमेन्टहरु