मधेश प्रदेश, समाचार

सखुवा प्रसौनी गाउँपालिकामा अधिकृत चौरसिया हाजिर

रंजित चौरसिया
२०८१ अशोज १ | मध्यान्ह ०४:०६ बजे

वीरगंज १ असाेज। सखुवा प्रसौनी गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार चौरसियालाई मंगलबार गाउँपालिका अध्यक्ष यशवन्त यादवले विशेष कार्यक्रमका साथ स्वागत गरेका छन्। गाउँपालिकाको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई औपचारिक रूपमा पदभार ग्रहण गराइएको थियो।

गाउँपालिका अध्यक्ष यादवले चौरसियालाई स्वागत गर्दै जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए। यादवले गाउँपालिकाको विकास र निर्माण कार्यलाई तीव्रता दिन र सेवाप्रवाहलाई थप पारदर्शी तथा प्रभावकारी बनाउन चौरसियाको नेतृत्वमा सबै कर्मचारीको साथ आवश्यक भएको बताए।

पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत चौरसियाले कानुनी दायराभित्र रहेर कुनै समस्या उत्पन्न हुन नदिने प्रतिबद्धता जनाए। उनले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयले गाउँपालिकालाई समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सो कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारु, वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नम्बर ३ का वडाध्यक्ष मोजामिल अन्सारी, वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद आरिफ लगायत गाउँपालिकाका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

कमेन्टहरु