तस्कर

नवलपरासीको सिमानाकाबाट खुल्लेआम यसरी गराउछन घुमुवाहरुले तस्करी

नवलपुर टुडे
२०८१ अशोज १ | मध्यान्ह ०१:०६ बजे
बिजय यादव (जिल्ला हेर्ने घुनुवा) रगेर्मी प्रहरी चौकीको घुमुवा लोकनाथ यादव ।
नवलपरासी । पश्चिम नवलपरासीमा खुलेआम तस्करी भैरहेको समाचार पटक/पटक यस मिडियामार्फत जानकारी गराउदा पनि प्रहरी प्रशासन मौन हुनु तस्करलाई बढवा दिनु हो । नवलपरासीको मुख्य तस्करीको नाका भनेर चिनिने सनई, गेरमी,‌ बैरवा, अमानीगंज, भुजहवा,‌ पाँचपेडा, बसैहिया,र रामनगर नाका हो । यति बेला यी नाका हुँदै तस्करले टायल, हार्डवेयर, चिनी, काजु, भैसी, ब्रोईलर कुखुरा, खसी बोका, कपडा, कस्मेटिक सामान, चामल र किरानाको सामान खुल्लेआम तस्करी भईरहेको छ । यसरी तस्करी हुनुमा प्रहरी प्रशासनको मिलेमतो रहेको पुष्टि हुन्छ ।
 
सनई, गेरमी, अमानीगंज, भुजहवा,‌ पाँचपेडा, बसैहिया, रामनगर हुदै परासी जाने बाटाेबाट खुलेआम लाइनबद्ध पिकअप र माेटरसाइकलबाट तस्करी भएको हुन्छ । स्थानीयले प्रत्यक्ष रुपमा खुल्लेआम तस्कर भईरहेको सुचना जिल्ला प्रहरी कार्यालयसम्म सुचना दिदा पनि प्रहरीले तस्कर रोक्न चासो नदेखाएको र उल्टै प्रहरीका घुमुवाहरुले बाटो बदली तस्करीको सामान स्कटिङ गरी विभिन्न ठाउँमा पुर्‍याई दिने स्थानीयको आरोप छ ।
photo 2024 09 17 13 29 47
 
यस प्रति जिल्ला प्रहरी कार्यालय नवलपरासी र सशस्त्र प्रहरी बल २६ नम्बर गणका‌ प्रहरी प्रशासन कानमा तेल हालेर सुतेकाे अवस्था प्रष्ट देखिन्छ । कुन कुन नाकाबाट तस्करी हुन्छ र कुन पुलिसका घुमुवाहरुले तस्करी गराउछ,  बिबरणसहित जानकारी गराउदासमेत माथिल्लो तहका सुरक्षा अधिकारीहरुले बेवास्त गरेको आरोप छ । प्रहरी प्रशासनले स्थानीयले दिएको सुचनाको बेवास्त गरेको भन्दै नवलपुर टुडे डिजिटल अनलाइनसंग तस्कर र प्रहरी प्रशासनको मिलेमतो बिना खुल्लेआम तस्कर हुदैन । तस्कर र प्रहरी प्रशासनका घुमुवाहरुको मिलेमत्तोमा खुल्लेआम तस्करी भएको प्रमाणसहित हाम्रो सम्पर्कमा आएका छन । हामीलाई प्राप्त प्रमाण र सुचना दिने ब्यक्तिहरुको नाम गोप्य राखिएको छ । आबश्यक परे सम्बब्धित निकायलाई बुझाउनेछ ।photo 2024 09 17 13 42 43
 
सनई र गेरमी नाकाबाट कपडाको तस्करी गर्ने बेचे गुप्ता, संजय, मेनु, अमानीगंज, महेशपुर, भुजहवाबाट राकेश सहानी, सुभाष हरिजन, पाँचपेडा, बसैहिया, धर्मौली नाकाबाट मामा भने सानू पाल, सुस्ता गाउँपालिका- १ बस्ने महेन्द्र चाैधरी, रानीनगर बस्ने अमरले ठुलो मात्रामा कपडाको तस्करी गर्दै आईरहेको छ । केही दिन पहिला पश्चिम् नवलपरासीमा नयाँ घुमुवा जिल्ला प्रहरी कार्यलय नवलपरासी (बसुप) मा रहेका  प्रनानि (सई) हृदेश चौहान दरबन्दी दङ्ग नियन्त्रण गण सुनवल भए पनि जिल्लाको घुमुवा नाईके भएर तस्करी चलाईरहेका छन । बिगत २ बर्ष अगाडिदेखी जिल्ला प्रहरी कार्यालय नवलपरासीले बदनाम प्रहरी (प्रसह) अमरेश यादव र (प्रसह) बिजय यादव र कमल पाण्डेलाई घुमुवा परिचालन गरेको छन । ती मध्य बदनामी प्रहरी साहयक हल्दार अमरेश यादव अहिले आफ्नो दरबन्दी भएको जिल्ला कपिलवस्तु गएका छन ।
photo 2024 09 17 13 42 45
 
भारतदेखि नेपाल र नेपालदेखि भारत दुबै देशमा नेपालबाट भारत र भारतको सामान नेपाल तस्कारी गराउछन । विशेष गरी ठूलो तस्करीलाई रातिको समयमा आफै घुमुवाहरुले आफै स्कटिङ गरी बोर्डरदेखि राजमार्गसम्म पुर्‍याउने काम घुमुवाहरुले नै गर्ने गरेको प्रमाण हामी समक्ष रहेको छ । त्यति मात्र होइन सामान्य स्थानीयले आफ्नो घर खर्चका लागि ल्याउने सामानको सहित विभिन्न धम्की दिएर पैसा माग्ने गरेको र पैसा नदिए सामान जफत गर्नेगरेको पाईएको छ ।
 
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा पठाउने अभियान डीआईजी हुँदादेखि नै चलाउँदैआएका छन् । मधेश प्रदेशको डीआईजी हुँदा उनले दरबन्दी पठाउने अभियान सुरु गरेका थिए । आइजीपी भएपछि उनले काजमा राखेका प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन परिपत्र नै गरे । तर आईजीपी कुँवरको निर्देशनलाई अटेर गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी ज्ञानेन्द्र प्रसाद फुयालले काजमा कार्यरत प्रहरीलाई घुमुवाका रुपमा खटाएका छन् । त्यसैगरी, एसपी फुयालले बिजय यादवको दरबन्दी अर्घाखाँची भएपनि जिल्लाको घुमुवाको रुपमा उनलाई परिचालन गरिरहेको छ । प्रसह लोकनाथ यादवको दरबन्दी भैरहवा एयरपोरटमा हो । तर उनी ६/७ बर्षदेखी नवलपरासीमा कार्यरत छन । हाल उनी गेरमी प्रहरी चौकीको घुमुवाको रुपमा परिचालित छन । उनी हालै मात्र कपिलवस्तु गएका अमरेश यादवको भेनाजु हुन । यि परिचालित जिल्लाका घुमुवाहरूले सानातिना घरायसी सामान किन्ने व्यापारीहरू को केही दिन पहिला तीन चार हजारको मिठाई लिएर आउँदै गर्दा लु २ प ८८५ , लु ४ प ८६२५ र लु १४ प ५३९ नम्बरको मोटरसाइकलसहित सामान जिल्लामा बुझाएको थिए।
 
सानो तिनो घरायसी सामान किन्न जाने सर्वसाधारणहरुको २ हजारको सामानलाई रोकेर चेकजाँच गर्ने सशस्त्र प्रहरीहरुले करोडौंको तस्करी गर्ने तस्करहरुको सामानलाई देखेर पनि नदेखेको जस्तो गर्ने गरेको पाइन्छ । ठुलाठूला तस्करहरुको सामान भारतबाट नेपाल भित्र्याउन समय तोकिएको हुन्छ, त्यो बेलासम्म सशस्त्र प्रहरी एवं नेपाल प्रहरीका सादा पोशाकमा खटेका प्रहरी सीमावर्ती क्षेत्रमा तथा राजमार्गमा भेटिदैन्, तर अन्य बेला तैनाथ खटेका हुन्छन् । भुजहवा, महेशपुर, बसहिया बाट दिनहुँ परासीको सदरमुकाम मा भारतीय टाली आएपनि प्रहरीले हेरेर पनि नहरे जस्तो गरेको छ। टाली भित्र पालले ढाकछोप गरेर तस्करीको सामान लिएर आएपनि प्रहरीले चेकपोष्टमा चेक जाँच नगरी छोड्ने गरेको पाईएको देखिन्छ । भुजहवा, महेशपुर, बसहियाबाट परासीको सदरमुकामसम्म आउनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी चार ठाउँमा चेकपोस्ट रहेको छ । यसर्थ प्रहरीले तस्करहरुसंग माेटाे रकम लिएर तस्कर गर्ने कार्यमा सघाउ पुर्‍याउदै आएकाे बुझ्न सकिन्छ ।
photo 2024 09 17 13 30 14

यसरी प्रहरीकै मिलेमतोमा तस्करी हुदा एकतर्फ नेपालकाे राजस्व चुहावट गर्ने अर्कोतर्फ प्रहरी र भन्सारका कर्मचारीहरु माेटाउने कार्य बढ्दै गइरहेको छ। सिमावर्ती भारतीय बजारबाट यतिबेला ठुलो मात्रामा कपडाको तस्करी भइरहेको छ। यसतर्फ प्रहरीको ठुलाे हात रहेको छ । बिशेषगरी नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे संलग्नतामा तस्करहरुले सजिलै नवलपरासीको बाटाे हुदै तस्करी गर्दै आइरहेका छन । यस बापत तस्करीहरुले प्रहरीहरुलाई मासिक रुपमा लाखौ रकम दिने गरेको तथ्य बाहिर आएको छ ।

कमेन्टहरु