मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
विद्यालय कक्षा कोठामा पानी पस्दा विद्यार्थी पठनपाठनमा समस्या


बाजुरा, भदौ ३१। विद्यालय कक्षा कोठा संगै भान्सा घरमा पानी निस्किएको हुँदा विद्यार्थी पठनपाठन संगै दिवा खाजा बनाउन निकै समस्या भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा रहेकोे खोली डाडा आधारभूतविद्यालयको कक्षा कोठा संगै भान्सा घरमा पानी निस्किएको हुँदा विद्यार्थी पठनपाठन संगै दिवा खाजा बनाउन ठुलो समस्यामा परेका छन।
विद्यार्थी दिउँसो खुवाउने दिवा खाजा घर टिनको टहरामा पानी निस्केर त्यहीँ पानी विद्यालय कक्षा कोठामा पानी आएको कारणले अहिले पढाई समेत बाहिर खुल्ला आकाशमा गर्नुपर्ने बाध्यता रहेकोे छ। भान्सा घर बनाएको भित्र पानी निस्किएको हुँदा दिउँसो खाजा समेत खान नपाएको विद्यालयले जनाएको छ। अहिले विद्यार्थी दिवा खाजा पनि खुल्ला चौरमा पकाउनु पर्ने स्थिति आएको छ। कक्षा कोठामा पानी भएको कारणले भित्र पठनपाठनमा निकै समस्या झेल्नुपरेको अवस्था छ।
बर्खा लागे संगै वर्षको एकपटक बिधालय कक्षा कोठामा पानी आउने जस्ता समस्या भोग्नुपरेको स्थिति छ। पहिलो वर्ष भन्दा यो सालमा पानी थोरै परेपनी उस्तै जटिल समस्या खेप्नुपरेको छ। विद्यार्थी दिवा खाजा बनाएर कसरी खुवाउने बाहिर चौरमा बनाउने हो भने पठाईमा डिस्टप हुने खालका समस्या भएको छ। अहिले विद्यार्थीको पठनपाठन सहित दिवा खाजा बाहिर खुल्ला चौरमा बनाएर खुवाउने गरेको छ। विद्यालयमा विद्यार्थीका लागि खाजा घर नयाँ बनाउनु पर्ने अवस्था आएको छ। विद्यालय भवन पनि पुरानो संरचना हुँदा स्कुल जोखिम अवस्था रहेकोे छ। केही वर्ष अगाडि आएको भुकम्प कारणले विद्यालय भवन चर्को हुँदा जोखिम मोलेर पढाई गर्नुपर्ने बाध्यता आएको विद्यालय स्रोतले बताएको छ।























