बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा सञ्चालन

नवलपुर टुडे
२०८१ भदौ ३० | बिहान ०६:०५ बजे

बैतडी । बैतडीमा वर्षाका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा शनिवारदेखि सञ्चालनमा आएको छ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले वर्षाले यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनअन्तर्गत विभिन्न क्षेत्रमा २० विद्युत्का खम्बा ढलेकाले सेवा अवरुद्ध भएकामा शनिवारदेखि सेवा सञ्चालनमा आएको जानकारी दिए।
उनले भने, ‘लगातारको वर्षाले यहाँ २० बिजुलीका पोलहरू ढलेका कारण सेवा अवरुद्ध भएको थियो। मर्मत गरेर शनिवारदेखि विद्युत् सेवा सञ्चालन गरिएको छ।’
वर्षाका कारण प्रभावित भएको जनजीवन अब सामान्य बन्दै गएको छ।























