देश

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण

नवलपुर टुडे
२०८१ भदौ ३० | बिहान ०६:०५ बजे

मुग्लिन,भदौ ३०। गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ ।

पुस्तकको शनिबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरूङले लोकार्पण गर्नुभएको हो । पुस्तक मार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक पुस्तक प्रकाशन गरेको पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर गुरूङले बताउनुभयो ।

पुस्तकका लेखक तुलमान गुरूङले गुरूङ भाषामा भेगीय भिन्नता पाइने हुँदा भाषामा एकरूपता नभएको बताउनुभयो । यसैबिच तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्ले शनिबारदेखि तमू भाषा कक्षा सञ्चालन गरेको छ । गुरुङ समुदायमा आफ्नो मातृभाषा जान्नेहरूको सङ्ख्या कम हुँदै गएपछि यसको संरक्षणको लागि कक्षा नै सञ्चालन गर्नुपरेको ह्युल छोंज धींकी अध्यक्ष विमलादेवी गुरूङले बताउनुभयो ।

ह्युल छोंज धींले भाषा नजान्नेहरूका लागि गतवर्षदेखि नियमित कक्षा सञ्चालन गर्न थालेको हो ।

कमेन्टहरु