देश

लहानको वेवी एन्जल सेकेन्डरी स्कुलले ६०औं राष्ट्रिय बाल दिवस भव्य मनायो

प्रदिप सिंह
२०८१ भदौ २९ | मध्यान्ह ०३:०५ बजे

लहान । बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ ६०औँ राष्ट्रिय बाल दिवस सिरहाको लहान नगरपालिका- ४ स्थित रहेको वेवी एन्जल सकेन्ड्री स्कुलले भव्य रूपमा मनायो।

यस वर्ष बाल दिवस २९ गते शनिबार पर्ने भएकोले शुक्रबार नै मनाएको हो। विद्यालयका विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम नृत्य प्रस्तुत गरेका थिए। यसैलाई आधार मानेर बालबालिकामा गरिएको लगानीले नै भविष्य उज्ज्वल पार्न विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर शाहले बताउनुभयो।

वि.सं. २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गतेका दिन मनाउन थालिएको छ ।

कमेन्टहरु