राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सम्पूर्ण सरकारी, गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका पनि बालबालिकाको पक्षमा काम गर्न उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे।
अझै पनि केही बालबालिकाहरू आफ्नो बालअधिकारबाट वञ्चित भएको कुरा सुन्नमा आएको कुरा उल्लेख गर्दै विभिन्न कारणहरूले बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी रहेको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्।
बालबालिका माथि हुने हिंसा तथा दुर्व्यवहार रोक्नु सरकारको दायित्व हो भन्दै बालबालिकाको संरक्षण र विकासमा आआफ्नो तर्फबाट भूमिका निभाउन सबैमा आग्रह गरे।

























