पाल्पाको झुम्सा खोलाले बगाउँदा एकजनाको मृत्यु

नवलपुर टुडे
२०८१ भदौ २९ | बिहान ०६:०५ बजे

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ स्थित झुम्सा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । खोलाले बगाएर तिनाउ गाउँपालिका–४, बिजनचौर स्थायी ठेगाना भएका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
खोला तर्ने क्रममा चौहानलाई बगाएको हो । उनको शव १५० मिटर तल खोलाको बीच भागमा भेटिएको थियो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


















