मौसम

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नवलपुर टुडे
२०८१ भदौ २९ | बिहान ०६:०५ बजे

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

 
 

कमेन्टहरु