केही सचिवको सरुवा : वाणिज्यमा कार्की, तथ्याङ्कमा बुर्लाकोटी

नवलपुर टुडे
२०८१ भदौ २८ | बिहान ०७:०५ बजे

काठमाडौं । सरकारले थप दुई सचिवको सरुवा गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य सचिव फेरेको हो । प्राप्त जानकारी अनुसार वाणिज्य मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गर्दै केही दिन अघि मात्रै सचिवमा बढुवा भएका सचिव गोविन्दबहादुर कार्कीलाई वाणिज्यमा ल्याइएको हो ।
तथ्याङ्क विभागका प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाइए सँगै सरकारले बुर्लाकोटीलाई तथ्याङ्क कार्यालयको प्रमुखको रूपमा सरुवा गरिएको हो । बुर्लाकोटी १४ साउनमा प्राकृतिक स्रोत तथा वित्त आयोगबाट वाणिज्यमा सरूवा भएका थिए । बढुवा भएसँगै प्रदेश प्रमुख सचिवमा पदस्थापन भएका कार्की केही दिनमै संघीय मन्त्रालयको सचिवमा आएका हुन् ।


















