बागमती प्रदेश

नदीको मापदण्डकाे सवालमा प्रदेश मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

रिदेन महर्जन
२०८१ भदौ २७ | बिहान ११:०५ बजे

काठमाडौ । काठमाण्डौ उपत्यकका सबै नदीको मापदण्ड थप २० मिटर गर्ने सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई लिएर बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र दिएको छ ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मुख्यमन्त्री एवं मन्त्री परिषदको कार्यालय कार्यालयमा आज बुधवाः ध्यानाकर्षण पत्र हस्तन्तरण गर्नु भएको थियो । ध्यानाकर्षण पत्रमा नदीको मापदण्ड थप गरेका कारण लखौं काठमाण्डौ उपत्यकावासी पीडित हुने उल्लेख गर्दै सर्वोच्च अदालतको उक्त निर्देशनात्मक आदेशलाई लिएर न्यायीक पुनवरालोकनका लागि प्रदेश सरकारको तर्फवाट पनि विशेष पहल गर्न माग गरिएको छ ।

photo 2024 09 12 11 56 29

यस विषयमा नेवाः देय् दबूको तर्फवाट केन्द्रीय सरकार र स्थानीय सरकारबाट पनि पहल गर्न अनुरोध गरिसकेको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा संविधानले दिएको नागरिको ब्यक्तिगत सम्पत्तिको अधिकार समेत नहुने अवस्था आएकोले समयमा नै समस्या समाधान गर्नुपर्ने, जनताको मागलाई ध्यानमा राखी प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्न समेत माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लामले केन्द्रीय सरकारकोत तर्फवाट पुनवरालोकनमा जान पहल भइरहेको उल्लेख गर्दै आवश्यका सर सल्लाह गरि जनताका लागि आफू अघि बढ्ने बचन दिनु भएको थियो ।

कमेन्टहरु