सुदुरपश्चिम प्रदेश

बाजुरा र अछाममा विद्युत अवरुद्ध

नवलपुर टुडे
२०८१ भदौ २७ | बिहान ०९:०५ बजे

बाजुरा । बाजुरा र अछाम जिल्लामा विद्युत सेवा अवरुद्ध भएकाे छ। बुधबार रातिदेख राष्ट्रिय प्रशारण लाइन अन्तर्रगतकाे विद्युत सेवा अवरुद्ध भएकाे हाे।

दिपायल साफेबगर ३३ के.भी लाइनमा समस्या आएकाेले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे नेपाल विधुत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएकाे छ।

बुधबार रातिदेखि विग्रेकाे लाइनकाे समस्या पहिचान गरी मर्मत गर्न समय लाग्ने वितरण केन्द्रले जनाएकाे छ। विद्युत अवरुद्ध हुँदा कार्यालय तथा स्थानीयलाई सास्ती भएको छ।

 

कमेन्टहरु