मुख्य समाचार, राजनीति, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम कांग्रेसको प्रशिक्षण भदौ २८ देखि, सभापति देउवाले उद्दघाटन गर्ने 

प्रशान्त बोहरा
२०८१ भदौ २६ | बिहान ११:०५ बजे

कैलाली, भाद्र २६ ।  नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएका छन् । धनगढीमा शुक्रबार र शनिवार आयोजना हुने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्दघाटनका लागि सभापति देउवा धनगढी आउन लागेका हुन् । 

भदौ २८ गते बिहान साढे ११ बजे पार्टी सभापति देउवाले दुई दिने प्रशिक्षणको उद्दघाटन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले बताए । 

प्रशिक्षण कार्यक्रममा प्रदेश कार्यसमितिका पदाधिकारी,सदस्य, प्रदेशका जिल्ला सभापतिहरू, नीति अनुसन्धान तथा प्रशिक्षण शाखा प्रमुख, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरू, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरू, जिल्ला समन्वय प्रमुख÷उपप्रमुखहरू,नगरपालिका प्रमुख÷उपप्रमुखहरू,गाउँपालिका अध्यक्ष ÷ उपाध्यक्षहरूका साथै भातृ तथा शुभेच्छुक संस्थाका प्रदेश प्रमुखहरूको सहभागिता रहने बताइएको छ । 

कमेन्टहरु