देश

मेलम्ची खानेपानीमा भ्रष्टाचारः चार जना दोषी ठहर, पूर्वसचिव भीम उपाध्यायसहित ११ जनालाई सफाई

नवलपुर टुडे
२०८१ भदौ २५ | बिहान ०६:०५ बजे

काठमाडौं, भदौ २५। विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने ११ जनालाई सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो।

अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम उपाध्यायसहित ११ जनालाई सफाइ दिएको छ।

कमेन्टहरु