रुपन्देहीबाट १० लाख भन्दाबढी मूल्य बराबरको अबैध सामानसहित एक जना पक्राउ

नवलपुर टुडे
२०८१ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

भैरहवा, भदौ २४ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले आईतवार र सोमबार जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/ पैठारी गरी ल्याएको विभिन्न अबैध सामानसहित एक जनलाई नियन्त्रणमा लिएको छ ।
जसमा नियन्त्रणमा लिएको सामान चिनी ६४ बोरा(३२०० केजी), बोईलर कुखुरा ४६० पिस, लु ३ च ३४८० पिकअप गाडी १ वटासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिएको छ ।
जसको मूल्य अन्दाजी रु.१०,१५,८७५।- बरावरको रहेको छ । सो बरामद सामानसहित पक्राउ परेका ब्यक्तिलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको भट्टले बताए ।























